श्रावण ३, २०८२ शनिबार July 19, 2025

जनता समाजवादी पार्टीको विधान पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो । बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ ।

जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ । यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ । संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो । जसपाको प्रतिनिधि सभामा ३२ सांसद रहेका छन् ।

जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो । तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा आएका थिए ।

जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ । आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने बताइएको छ । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो । उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ । आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार