श्रावण ३, २०८२ शनिबार July 19, 2025

साहस उर्जाको ७० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साहस उर्जा लिमिटेडले आज असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः उक्त कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया