श्रावण ४, २०८२ आइतबार July 20, 2025

निजामतीमा पनि अब श्रेणी हटाएर तहगत व्यवस्था गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निजामती सेवामा पनि अब श्रेणी हटाएर तहगत व्यवस्था गरिने भएको छ । निजामतीभित्रै स्वास्थ्य सेवा र संस्थानहरूमा तहगत व्यवस्था भएकाले सरकारले निजामती अध्यादेशमार्फत एकरूपता ल्याउन खोजेको हो ।

श्रेणीलाई तहगत व्यवस्थामा रूपान्तरण गरेर कर्मचारीलाई प्रोत्साहन गर्न खोजिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘निजामतीभित्रै पनि दोहोरो मापदण्ड भयो, यसलाई समाप्त गरेर एउटै अर्थात् तहगत व्यवस्था गर्न खोजिएको हो,’ उनले भने, ‘प्रायः सबै ठाउँमा तहगत व्यवस्था भएकाले निजामतीलाई पनि तहगत व्यवस्थामा लानु उपयुक्त हुन्छ । यसो भएपछि सबैतिर एकै हुन्छ ।’ प्रदेश र स्थानीय तहमा पनि तहगत व्यवस्थाअनुसार नै कर्मचारी व्यवस्थापन गरिएको छ ।

विद्यमान निजामती सेवा ऐन, २०४९ अनुसार राजपत्रांकित तृतीयदेखि विशिष्ट र राजपत्र अनंकित प्रथमदेखि पाँचौँसम्मका कर्मचारीको श्रेणीगत व्यवस्था छ । तर, स्वास्थ्य सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था छ ।

उक्त ऐन बनाउँदा नै निजामती सेवालाई तहगत प्रणालीमा बदल्ने व्यवस्था गरिएको थियो । ऐनको दफा ४ मा ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि निजामती सेवाको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गरी एकीकृत निजामती सेवा प्रणाली लागू गर्नेछ,’ भन्ने व्यवस्था छ ।

त्यसयता ०६४ मा लोकसेवा आयोगका तत्कालीन सदस्य मधुनिधी तिवारीको अध्यक्षतामा गठित समितिले पनि निजामती सेवालाई तहगत प्रणालीमा जान सिफारिस गरेको थियो । समितिले निजामतीमा २० औं तहसम्म व्यवस्था गर्न सुझाएको थियो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीका अनुसार ०२७ पछिका सबै प्रशासन सुधार आयोगहरूले तहगत प्रणालीमा जान सिफारिस गरेका थिए । ऐनले नै तहगत व्यवस्थामा जाने भन्दै किटान गरेको र विभिन्न प्रशासन सुधार आयोगहरूको सिफारिसका बावजुद पनि हालसम्म निजामतीमा श्रेणीगत व्यवस्था हट्न सकेको छैन ।

श्रेणीगत व्यवस्थामा माथिल्लो श्रेणी र तल्लो श्रेणीबीच सौहार्द सम्बन्ध नभएको र  प्रशासन सेवाबाट पेलिएको अन्य सेवाका कर्मचारीको गुनासो छ । ‘तहगत व्यवस्था लागू भए तल्लो र माथिल्लो श्रेणी तथा फरक सेवाबीचको अन्तर हट्छ,’ लोक सेवाका पूर्वअध्यक्ष मैनाली भन्छन् । तहगत व्यवस्थाले ‘प्रमोसन जोन’ तयार हुने र मन्त्रालयभित्रै मन्त्रालयगत ‘क्याडर’ तयार हुने उनको भनाई छ ।

निजामती सेवा ऐनले परिकल्पना गरेको एकीकृत निजामती सेवा प्रणालीमा जानका लागि पनि तहगत व्यवस्था आवश्यक हुने मैनाली बताउँछन् । ‘लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकमा सुझाव दिँदा पनि तहगत प्रणालीमा जानुपर्छ भनेको हो,’ आयोगका पूर्वअध्यक्ष मैनाली भन्छन्, ‘तहगत प्रणाली आधुनिक र वैज्ञानिक छ ।’

हाल निजामती कर्मचारीको सेवामा कार्यरत रहने उमेरहद ५८ वर्ष भएकोमा ६० पु¥याउने विषयमा पनि छलफल भइरहेको मन्त्री श्रेष्ठले बताए । संसद्को आगामी हिउँदे अधिवेशनभन्दा अगाडि नै अध्यादेश जारी हुने पनि उनले बताए । नयाँ पत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार