श्रावण ४, २०८२ आइतबार July 20, 2025

एनसेलका शर्ट कोड अबदेखी पाँच अङ्कको, यस्ता छन् नयाँ नम्बर र कोड (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकट कोड परिवर्तन गरेको छ ।

पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कको शर्टकट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ ।

गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्ट कोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।- टेकपाना

यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

पुरानो कोड नयाँ कोड सेवा
९०० १७२०१ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००५ १७२०२ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००७ १७२०३ पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००८ १७२०४ वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि
९५९५ १७२०५ इन्टरनेट सेवाको लागि
९००६ १७२०६ रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि
९९६६ १७२०७ आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि
९८९१ १७२०८ रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि
७८९९ १७२०९ ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि
९८९३ १७२१० ग्राहकको सर्वेक्षण गर्नको लागि
७७२४ ३११२४ प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार