श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘फाइबर टू द होम’ सेवाको सहज पहुँच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले उपलब्ध गराउन थालेको एफटिटिएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुन थालेको छ ।

कैलालीमा छोटो अवधिमा यो सेवा छ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकको घरमा जडान हुने फाइबरको एउटै तारवाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरुले फाइबरको एकै तारवाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताए ।

हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडिएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।

आगामी माघ १ गतेसम्मका लागि एफटिटिएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम् रु १५ हजार ९८० शुल्क लाग्ने बताइएको छ । यस्तै इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक रु १० हजार ५०० शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । ‘छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ”, प्रमुख मल्लले भने, ‘वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।’

कपर नेटवर्क (एडिएसएल) सेवाको तुलनामा यो एफटिटिएच सेवाको क्षमता बढी हुने गरेको छ । कैलालीको हकमा धनगढीसहित अत्तरिया, भजनी, टीकापुर र लम्कीमा यो सेवा विस्तार भइरहेको छ । प्रमुख मल्लले हाल सुदूरपश्चिम प्रदेशका बाजुरा, दार्चुला र बझाङबाहेक सबै जिल्लामा यो सेवा विस्तार भइरहेको बताए । नेपालमा पाँच वर्षअघि देखि नेपाल टेलिकमले यो एफटिटिएच सेवा दिन थालेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार