श्रावण ४, २०८२ आइतबार July 20, 2025

देउवालाई निधिको चुनौती, पौडेललाई आफ्नैबाट असहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको रेसमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् । संस्थापन समूहबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आँकलन छ ।

इतर समूहमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् । इतर समूहमा सहमतिको प्रयासमा जुट्दै आएका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने मंगलबार देखिको प्रयास सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टीभित्रको सुधारवादी आन्दोलनमा साथीहरूबाट सहयोग हुनेभन्दा असहयोग हुने अवस्था बन्दै आयो, साझा उम्मेदवार बनाउन तीन दिनदेखिको प्रयास सफल हुन सकेको छैन । देशभरका नेताकार्यकर्ताको भावनालाई नबुझ्ने हो भने पार्टीलाई नै घात हुन्छ,’ नेता केसीले भने ।

नेता सिंहले भने आफू उम्मेदवारी दर्ताको तयारीमा रहेको भन्दै नेताहरूलाई अब सहमतिको सम्भावना सकिएको जवाफ दिइसकेका छन् । ‘उहाँले सहमति भए मेरै नाममा गरौं, नभए हुन्न भन्नुभयो, आफ्नो नाममा सहमति नभए अरूलाई मान्दिनँ भन्ने उहाँको प्रस्ट भनाइ छ,’ सिंहसँगको छलफल’bout जानकारी दिँदै एक नेताले भने ।नेता शेखर कोइरालाले भने सहमति बन्ने अवस्था आए आफू ब्याक हुन तयार रहेको संकेत गर्दै आइरहेका छन् । तर, सिंहलाई भने नछाड्ने उनको आशय छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया