श्रावण ३, २०८२ शनिबार July 19, 2025

सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कांग्रेस महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन् । सिटौलाले महामन्त्रीमा युवानेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् ।

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा निर्वाचन गएपछि देउवालाई सघाएका थिए । उनकै सहयोगमा देउवा सभापति बनेका थिए । महामन्त्री र सहमहामन्त्रीसहित सदस्यहरू लिएर देउवाको समूहसँग सहकार्यको अन्तिम टुंगो लागेमा सिटौला यसपटक उम्मेदवार बन्नेछैनन् ।

स्रोतका अनुसार महामन्त्री र सहमहामन्त्रीको प्रारम्भिक सहमति हो, सिटौलाले अन्य सदस्यबारे पनि प्रस्ट सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, यसबारे देउवाले निर्णय दिएका छैनन् । ‘महामन्त्री र सहमहामन्त्रीका विषयमा एक किसमको छलफल–सहमति भएको हो । तर, त्यो अन्तिम हो भन्न सकिन्न । किनभने, सदस्यका विषयमा कुरा मिलेन भने दुईजना पदाधिकारी मात्रै जाने कुरा पनि हुँदैन,’ सिटौलानिकट एक नेताले भने । स्रोतका अनुसार शुक्रबार बिहान सभापति देउवाले यस विषयमा नेता सिटौलासँग छलफल गरेका थिए । त्यही प्रारम्भिक सहमति बनेको थियो ।

महामन्त्रीका लागि संस्थापन खेमामै नेताहरूबीच चर्को प्रतिस्पर्धा छ । डा. प्रकाशशरण महत, बालकृष्ण खाड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायतले महामन्त्रीमा दाबी गरेका छन् । त्यस्तै, आठ सहमहामन्त्रीका लागि झन्डै दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन् ।

दुई महामन्त्रीमा एक सिटौला खेमालाई दिँदा आफ्नो समूहमा नेताहरूलाई व्यवस्थापन गर्न देउवालाई झन् धेरै सकस हुने देखिन्छ । कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।नयाँ पत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार