श्रावण ३, २०८२ शनिबार July 19, 2025

‘नयाँ क्रान्तिको नयाँ दस्तावेज ल्याउँछौँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको समाजवादी क्रान्तिको नयाँ रूपरेखा (मोडेल) निर्माण गर्न लागिएको बताउनुभएको छ । आउँदो पुस १२ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा नयाँ क्रान्तिको नयाँ दस्तावेज ल्याउन लागेको जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रका भौगोलिक सात र अन्य गरी नौवटा प्रदेश सम्मेलनको शनिबार काठमाडौँबाट संयुक्त उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “२१औँ शताब्दीको नयाँ क्रान्तिको नयाँ दस्तावेज ल्याउँदै छौँ, अर्को क्रम भङ्ग गर्दै छौँ, पुरानो मोडेलले काम गर्नेवाला छैन, नयाँ मोडेल खोज्दै छौँ ।” अध्यक्ष प्रचण्डले यतिबेला पार्टी चुनौती र अवसरको दोसाँधमा भएकाले कमीकमजोरी सच्याएर समाजवादी क्रान्तिको नेतृत्व गर्ने पार्टी बनाउनुपर्ने धारणा राख्नुभयो । विश्व इतिहास र नेपालको इतिहासको क्रान्तिमा नयाँ विचार खोज्नु चुनौती रहेकाले पार्टीभित्र गुटबन्दी, अराजकता र पदलोलुप प्रवृत्ति बढेको उहाँले चर्चा गर्नुभयो । भन्नुभयो, “गन्तव्य प्रस्ट नदेखिनु नै हामी सबैको समस्या हो ।”

सम्मेलनमा पार्टीभित्रका समस्यालाई अध्यक्ष प्रचण्डले खुलेर राख्नुभएको छ । उहाँले भन्नुभयो, “पार्टीभित्र केही न केही समस्या देखापर्न थालेको छ, नयाँ सिद्धान्त र मार्गदर्शन गर्ने कुरामा कहीँ न कहीँ बाटो बिराएजस्तो भएका छौंँ तर क्रान्तिकारी गुण र तŒव हामीसँग छ भने सफल हुन्छौँ, सम्मेलनमा नयाँ रणनीति, कार्यनीति बनाउँदै छौँ ।” उहाँले क्रान्तिको नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी माओवादी नै भएको दाबी गर्नुभयो । पञ्च -यालीको संज्ञा दिँदै नेकपा (एमाले)को महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्तिपूजा भएको बताउनुभयो । नेपाली काँग्रेसको महाधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको उहाँको भनाइ छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गरेरमात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव हुने उहाँको भनाइ छ ।

सम्मेलनमा भर्चुअल माध्ययमबाट नौवटा प्रदेशका अध्यक्षले सम्बोधन गर्नुभएको थियो । बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले बागमतीमा एक लाख ६० हजार जना सङ्गठित पार्टी सदस्य रहेको बताउनुभयो । बागमतीमा ११९ वटा पालिकामध्ये ११८ पालिकाको सम्मेलन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनीमा एक लाख १२ हजार पार्टी सदस्य, कर्णालीमा ८५ हजार ५२२ जना, सुदूरपश्चिममा ८० हजार ६११ पार्टी सदस्यलगायत देशभर आठ लाख सक्रिय पार्टी सदस्य रहेको बताइएको छ । सात भूगोलको सम्मेलनसँगै उपत्यका विशेष प्रदेश र प्रदेश समन्वय समितिको सम्मेलनको पनि शनिबार उद्घाटन भएको छ ।

उपत्यका विशेष प्रदेश २२ हजार र प्रदेश समन्वय समितिमा ३० हजार ६५८ जना क्रियाशील पार्टी सदस्य रहेको बताइएको छ । नौवटै प्रदेश सम्मेलनले आइतबार नयाँ नेतृत्व चयन गर्दै छ । पार्टी विधानअनुसार समावेशीतर्फ समानुपातिकमा थप अधिकार (विशेष अधिकार)को व्यवस्था गरिएको छ । जसअनुसार नेतृत्व तहमै ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरेको छ । बागमती, उपत्यका विशेष प्रदेश र प्रदेश समन्वय समितिको सम्मेलन काठमाडौँमा आयोजना गरिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार