श्रावण ३, २०८२ शनिबार July 19, 2025

वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो ।

गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा (माओवादी केन्द्र) का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दुई मन्त्री नियुक्त गर्नुभएको हो । पाण्डेले नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गर्नुभएको छ भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराउनुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार