श्रावण ३, २०८२ शनिबार July 19, 2025

निर्वाचन आयोगद्धारा विद्युतीय मतदानको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो । उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।

विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ । ‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो ।

नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुुभयो ।

नेपालमा विद्युतीय मतदानको राम्रो अभ्यास नभएकाले विविध खालका चुनौती रहेको दुवाडीले प्रस्ट पार्नुभयो । उहाँका अनुसार डिजिटल मतदानका लागि नेपालमा रोबस्ट प्रणाली नहुनु, कमजोर सुरक्षा प्रणाली, ह्याकिङको उच्च जोखिम, सङ्कलित तथ्यहरूको सुरक्षामा चुनौतीलगायतका व्यवस्थापनगत चुनौती विद्युतीय मतदानका समयमा आउन सक्ने औँल्याइएको छ ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानुनी तथा आर्थिक पक्षको खोजीमा आयोग लागेको सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । गोरखापत्रबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार