श्रावण ४, २०८२ आइतबार July 20, 2025

सांसद र नेताहरूको दबाब बढेपछी कर्मचारी सरुवा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा तत्कालका लागि रोक्ने निणर्य गरेको छ । स्थानीय तह खाली हुने गरी दिनैपिच्छे निवेदन दर्ता गरेर सांसद र नेताहरूको दबाब दिन थालेपछि सरुवा स्थगितको निणर्य गरिएको स्रोतले बतायो ।

२०७६ मा लोक सेवा उत्तीर्ण गरेर स्थानीय तहका लागि नियुक्त भएका विभिन्न तहका ९ हजार ४ सयमध्ये मर्का परेकालाई कामकाजमा खटाउने अघिल्लो सरकारको गत फागुनको निणर्यअनुसार सरुवा सुरु गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार झन्डै दुई हजार कर्मचारीलाई कामकाजमा खटाएपछि संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले तत्काल सरुवा रोक्ने निणर्य मंगलबार गरेका हुन् ।

‘धेरैले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा जस्ता सहरमा सरुवा हुन निवेदन दिएपछि दुर्गम त खाली हुने भयो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी सरुवाले कार्म गर्न नसकिने अवस्था आएको गुनासो गरे ।’

सरुवा हुन चाहने कर्मचारीले छाड्ने र जाने स्थानीय तहको सहमति पेस गर्नुपर्छ । यस्तो सहमतिका लागि स्थानीय तहमा बढी दबाब परेपछि नगरपालिका र गाउँपालिका प्रमुख तथा अध्यक्षहरूले नै मन्त्रालयसँग गुनासो गरेका थिए ।

मन्त्रालयले गत मंसिर २१ गते कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको थियो । लोक सेवा आयोगको सिफारिसमा ‘एकै दिन ठूलो संख्यामा सरुवा भएको थियो । तत्कालीन संघीयमन्त्री गणेशसिंह ठगुन्नाको पहलमा स्थानीय तहका कर्मचारीको सरुवाका लागि २०७७ मा मापदण्ड बनाइएको थियो । निवेदन दिएकामध्ये स्थानीय तहका चार सयभन्दा बढी कर्मचारी सरुवा गरिएको थियो ।

पछि सरुवा रोकिएपछि विरोध हुँदै आएको थियो । त्यतिबेला रोकिएको सरुवा अहिले खुला गरिए पनि स्थानीय तहका कर्मचारीले सुगम र पायक पर्ने स्थान मात्र रोजेपछि स्थानीय तह सञ्चालनमै बाधा पुग्ने अवस्था आएको अधिकारीहरू बताउँछन् । मर्का परे पनि/नपरे पनि सरुवा गर्नैपर्ने दबाब बढेपछि बन्द गर्नुपरेको स्थानीय तह हेर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सरुवाको माग गर्दै तीन हजारभन्दा बढी निवेदन मन्त्रालयमा दर्ता भएका छन् । ‘हामीले लगभग दुई हजार कर्मचारी सरुवा गरेका छौं,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘जरुरी देखिएका र मर्कामा परेका कर्मचारीलाई कामकाजमा खटाइसकिएको छ ।’ तत्काल बन्द गरे पनि कसैले अनलाइनबाट निवेदन दिन चाहेमा नरोकिएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ l

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार