श्रावण ३, २०८२ शनिबार July 19, 2025

बागमती प्रदेशः नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसबाट मन्त्री बनाएका ६ जनालाई शपथग्रहण गराएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार साँझ कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई सपथ ग्रहण गराएका हुन् भने  ३ राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा पूर्तिमन्त्री, दीपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटनमन्त्री बनेका छन् भने बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको शपथग्रहण गरेका छन्।

शुक्रबार कांग्रेसबाट ६ मन्त्री थप भएएसँगै बागमती प्रदेश सरकार १८ सदस्यीय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार