श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादी महाधिवेशन : नयाँ ‘ब्रान्ड’को खोजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ । २०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ । पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो । माओवादीले उठाएको एजेन्डा संविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन ।
आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन् । साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए । प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।

महाधिवेशनमा नियमित प्रक्रियाबाट छानिएका १ हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कुल १ हजार ६ सय ३१ को सहभागिता रहेको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८ सय ३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी रहेका छन् ।

त्यसै गरी प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार