श्रावण ३, २०८२ शनिबार July 19, 2025

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू।

माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो। दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन।

फलतः आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रका निर्विकल्प नायक देखिए, प्रचण्ड। उनको वरिपरि न वैद्य थिए, न त डा. भट्टराई नै। नेत्रविक्रम चन्द (विप्लव) झन् टाँसिएर रहने कुरै भएन। २०५२ सालमा सशस्त्र आन्दोलनमा सँगै होमिएका र युद्धमा सैन्य कमान्ड गरेका रामबहादुर थापा (बादल) पनि साथमा रहेनन्। उसकालका सहयोद्धा टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि अन्यत्रै गइसके। २०६५ मा पार्टी एकताबाट आएका नारायणकाजी श्रेष्ठ मात्र दाहाल छेउको सोफामा थिए। ‘प्रचण्डलाई पैसा, पद र परिवार बाहेक अरू केही नचाहिने भएपछि इमान्दार नेताहरू सबैले छोड्दै गएका हुन्,’ रायमाझीले  भने,‘ विचार, सिद्धान्त, आन्दोलन केही नभएपछि त्यहाँ बस्नुको औचित्य देखिएन।’

विगतमा कुनै बेला वैद्य त कुनै बेला डा. भट्टराई नेतृत्व परिवर्तनका सबाल उठाउँथे। उनीहरूले दाहालबाट नेतृत्व भने कहिल्यै उम्काउन सकेनन्। पछि दाहाललाई चुनौती दिने नेताका रूपमा नेत्रविक्रम चन्द विप्लवलाई हेरिन्थ्यो। उनले पनि वैद्यसँगै पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गरे।

आठौं राष्ट्रिय महाधिवेशनमा दाहालले नेतृत्वका लागि कसैसँग चुनौतीको सामना नै गर्नु नपर्ने निश्चित छ। केही नेताहरूले छोड्दैमा प्रचण्ड कमजोर नहुने तर्क गर्छन्, माओवादी नेता दीनानाथ शर्मा। ‘मञ्चमा नेताको कमी भयो होला, तर प्रचण्डसँग नेता र कार्यकर्ताको कुनै कमी छैन,’ शर्माले भने।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार