श्रावण ४, २०८२ आइतबार July 20, 2025

ललिता निवाश जग्गा प्रकरणः शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्धा दायर (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ ।
मंगलबार राजस्व अनुसन्धान विभागले ढकालसहित उनकी पत्नी उमाकुमारी ढकाल, पारिवारिक सदस्य सरोज ढकाल, आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरुसँग विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार रहेका ढकालविरुद्ध २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदखालतमा दायर गरेको मुद्दा विचाराधिन छ । अदालतको आदेशमा ढकाल हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

राजस्व विभागले राजस्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विवरण, वित्तीय विवरण तथा आयविवरण तयार पारी फर्मबाट कारोबार शून्य देखाएर राजस्व छलेको कसुरमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विभागद्वारा जारी विज्ञप्तिमा आरोपितहरुले मुल्य अभिवृद्धिकरतर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको भनिएको छ ।

राजस्व विभागले चुहावट भएको रकम बिगो र सोही बराबरको रकम जरिवाना माग दाबी गर्दै आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिवानाबाहेक ३ वर्ष कैद सजाय दिन पनि माग गरेको छ । लेखापरीक्षण गर्ने श्रेष्ठलाई भने १ वर्ष ६ महिना कैद सजाय गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार