श्रावण ४, २०८२ आइतबार July 20, 2025

भौतिक योजना मन्त्रीमाथि नगद असुलीको आरोप !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भौतिक योजनामन्त्री रेणु यादवका नाममा दुई खास व्यक्तिले मातहतका विभिन्न कर्मचारीहरूसँग नगदअसुली सुरु गरेपछि मन्त्रालयभित्र मन्त्रीको बदनामी भएको छ ।

यसअघि पनि पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी यादव पहिले यसरी बदनाम भएकी थिइनन् । भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै ठेकेदार राजकिशोर गुप्ता र अभिषेक यादवलाई अघिसारेर मन्त्री रेणुले असुली धन्दा शुरु गरेको आरोप सम्बद्ध कर्मचारी तथा ठेकेदारहरूले लगाएका छन् ।

डिईहरूको सरुवा स्थान हेरी प्रतिव्यक्ति चालिस लाखदेखि साठी लाखसम्म लिएर गर्ने गरेको समाचारसूत्रको दाबी छ । हालै सडक विभागका महानिर्देशक अर्जुनजङ थापालाई असमयमै हटाइएको छ र, उनको स्थानमा शिवहरि सापकोटालाई चयन गरिएको छ । मागेजति रकम उपलब्ध गराउन नसकेका कारण थापालाई बिदा गरिएको र सापकोटा मोटो रकम कबुल गरेर महानिर्देशक बन्न सफल भएको चर्चा सडक विभाग परिसर र ठेकेदारहरूका बीचमा दुवैको फोन भएन ।

ठेक्का व्यवसायी गुप्ताले दाबी गरेजस्तै मन्त्री रेणुले कर्मचारीहरूबाट रकम असुल्ने नगरेको भन्ने कुरा गलत भएको समाचार सूत्रको दाबी छ । कर्मचारीको सरुवा र नियुक्तिमा कसरी लेनदेन भइरहेको छ भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन शुरु गर्ने हो भने सबै तथ्यहरू स्पष्ट हुने भुक्तभोगीहरूको भनाइ छ ।घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार