श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमसिसी अगाडि बढाउन संसद् खोल्ने प्रधानमन्त्रीको प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चालू अधिवेशनबाटै एमसिसी अनुमोदन गराउने गृहकार्यमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सुचारु गर्न विपक्षी दलका नेता केपी ओलीसँग भेटेरै संवाद गरेका छन् । एमसिसी अगाडि बढाउन संसद् सुचारु गर्नुपर्ने सभामुखको अडानपछि प्रधानमन्त्री देउवा बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग संवाद गरेका हुन् । पार्टी विभाजनमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्ष एमालेले संसद् अवरोध जारी राखेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले संसद्को अवरोध हटाएर एमसिसी पास गर्ने काममा सहयोग गर्न एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । शनिबार एमाले संसदीय दलका नेता ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले सदनको अवरोध हटाउन आग्रह गरेका थिए । एमाले अवरोधका कारण सदनका काम प्रभावित भएका छन् ।

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओलीनिवास पुगेका हुन् । संसद्को ठूलो शक्तिका विरोधबीच एमसिसी अगाडि बढाउन नसकिने सत्तागठबन्धनकै दलका नेताहरूको धारणापछि प्रधानमन्त्री देउवालाई विपक्षसँग संवाद गर्नैपर्ने बाध्यता आएको हो ।

तर, प्रधानमन्त्री देउवासँगको भेटमा एमाले अध्यक्ष ओलीले भने संसद् खुलाउन पहिले एमालेले राखेका माग सम्बोधन हुनुपर्ने सर्त राखेका थिए । १४ जना सांसद कारबाही प्रकरणमा सभामुख अग्निप्रसाद सापकोटाले आफूहरूमाथि भेदभाव गरेको भन्दै एमालेले संसद्मा अवरोध पु¥याइरहेको छ । ती सांसदमाथि कारबाही हुनुपर्ने एमालेको माग छ ।

देउवा र ओलीबीच करिब पौने घन्टा वार्तालाप भएको थियो । भेटपछि दुवैले राम्रो कुराकानी भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । यसअघि ओलीले गठबन्धन तोडिए एमसिसीमा प्रधानमन्त्रीलाई सहयोग गर्न सक्ने आश्वासन दिएका थिए । तर, माओवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा ११ पुसमा प्रधानमन्त्री देउवाले संविधान र संसद् बचाउन बनेको गठबन्धन कायम रहने बताएका थिए । नयाँ पत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार