काठमाडौं: माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट जगत पाकीलाई उम्मेदवार बनाएको छ।
पार्कीको उम्मेदवारीले माओवादीमा अर्कै बहस पनि सिर्जना गरेको छ । कुरा २०७४ साल मंसिरको हो । त्यतिबेला पहिलो प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन भइरहेको थियो ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनले निर्वाचन लड्दै थियो । त्यतिबेला डडेल्धुराबाट माओवादी केन्द्रका संघीय संसदका लागि उम्मेदवार खगराज भट्टले उम्मेदवारी दिए ।
कांग्रेसका उम्मेदवार शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरिरहेका भट्ट करिब ३ हजार मतले पराजित भए । त्यतिबेला माओवादी नेता पार्कीसहितका केही नेता कांग्रेसमा प्रवेश गरेका थिए अर्थात, वामगठबन्धनको उम्मेदवार भट्टलाई पराजित गरेपछि पार्की माओवादीतिरै आए ।
चुनावको बेलामा आफ्नै पार्टीको उम्मेदवार पराजित गर्न हिंडेका पार्कीलाई फेरि माओवादीमा स्वागतमात्र गरिएन, राष्ट्रियसभामै ल्याउने तयारी भइरहेको छ । यसलाई माओवादीभित्रै चरम असन्तुष्टि भइरहेको छ । पार्कीको सन्दर्भजस्तै घटना कर्णाली प्रदेशका दुई नेताको सन्दर्भमा जोडिन्छ ।
नेकवा विवादको बेलामा माओवादी केन्द्रनिकट रहेकी कणाली प्रदेशकी उपसभामुख पुष्पा घतीले एमालेका नेताहरुसँग मिलेर पूर्वमाओवादी समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाही डखेलमा लागेकी थिइन् । पूर्वएमालेका नेता ग्रामलाल कडेललाई मुख्यमन्त्री बनाउन घर्तीले कित्ता परिवर्तन गरेर हस्ताक्षर नै गरेकी थिइन्। उपसभामुख पदमा रहेको व्यक्तिले दलभित्रको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न नैतिक रूपमा पनि मिल्दैन विया भन्ने प्रश्न उठेको थियो। तर, घर्तीले त्यसलाई नैतिकताको रुपमा लिइनन् ।
अहिले माओवादीको महाधिवेशन पनि घर्ती केन्द्रीय सदस्य भइन् । प्रचण्डले उनको पूरा नाम नभरेर पी घती भनेर सम्बोधन गरेका थिए, केन्द्रीय सदस्यको सूची सुनाउने क्रममा माओवादी छोडेर एमालेमा लाग्ने सुरमा रहेकी घर्तीलाई अड्याउनका लागि प्रचण्डले केन्द्रीय सदस्य बनाए। अनि, उनका श्रीमान् नरबहादुर विष्टलाई केन्द्रीय सदस्यमात्र होइन, राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय गरे । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विष्टले जित्ने संभावना छ । कर्णालीमा एमालेकोभन्दा सत्ता गठबन्धनको मतभार बढी भएकोले सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने संभावना हुन्छ ।
पार्टीभित्र अवसरको खोजीमा यता र उता गर्ने घर्तीहरुको खास कुरा चाहि मन्त्री हुन नपाउँदाको झोंक थियो । अहिले पनि मन्त्री हुने संभावना नभएपछि प्रचण्डले फकाउनकै लागि घर्ती र विष्टलाई केन्द्रीय सदस्यको उपहार र थपमा राष्ट्रियसभा सदस्य पनि दिएको टिप्पणी माओवादीभित्र भइरहेको छ । नैतिकताका आधारमा उपसभामुखले केन्द्रीय सदस्य हुन मिल्दैन । अहिले केन्द्रीय सदस्यमा वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि रहेकीछिन् । प्रचण्डले केन्द्रीय सदस्यको सूची सुनाउने
क्रममा बन्दसत्रको हलमा राधिका तामाङको पनि पूरा नाम नभनेर आर तामाङ भनेका थिए। यी दुईजनाको नाम लिने क्रममा प्रचण्डले आर तामाङ वागमती र पी घर्ती कर्णाली भनेर भन्दा यति भनेपछि तपाईहरु बुझी हाल्नुहुन्छ, अहिले प्राविधिक अप्ठ्यारोका कारण पूरा नाम नभनिएको समेत भनेका थिए । त्यसैले अहिले उपसभामुखको हैसियतमा रहेका सांसदलाई नैतिकताका आधारमा केन्द्रीय सदस्य बनाउनु र बन्नु गलत भएको प्रश्न उठेको छ । -साँघु साप्ताहिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया