श्रावण ४, २०८२ आइतबार July 20, 2025

माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो ।

नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा थिए । तर, उनको रिर्पोट निगेटिभ आएको छ ।

पार्टीका सभा सम्मेलन स्थगित गर्न निर्देशन

यसैबीच अध्यक्ष नेपालले बढी मानिस भेला हुने सभा तथा सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिल प्रकाशित गर्दै अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दा वैकल्पिक विधि अपनाउनसमेत आग्रह गरेका छन् ।

‘संक्रमण दर बढ्न नदिन सरकराले जारी गरेका निर्देशन कडाइका साथ पालन गर्न र गराउन पार्टीपंक्तिलाई निर्देशन गरिन्छ,’ अपिलमा भनिएको छ, ‘धेरै व्यक्ति उपस्थित हुने सभा तथा सम्मेलन हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्दा सकेसम्म वैकल्पिक व्यवस्था अपनाउनसमेत निर्देशन गरिन्छ ।’

त्यसैगरी, स्वास्थ्य मापदण्ड पालन गरेर मात्रै पार्टीको कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेता तथा कार्यकर्तालाई कार्यक्रममा मास्क, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरेर मात्रै कार्यक्रम चलाउन भनेका छन् । निर्देशनमा कार्यक्रममा सहभागीलाई थर्मल गन प्रयोग गरेर शरीरको तापक्रम जाँच्न पनि आग्रह गरेका छन् । त्यसैगरी, सार्वजनिक स्थलमा भीडभाड नगर्न र कार्यक्रममा पनि तोकिएको व्यक्ति मात्रै सहभागी हुनसमेत निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । खोप नलगाएकाहरूलाई आवश्यक सहयोग र उत्प्रेरित गर्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘एकपटक पनि कोरोना भाइरसविरुद्धको खोप नलगाएका १८ वर्षमाथिका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टीपंक्ति परिचालन हुन निर्देशन गरिन्छ ।’ राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार