श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला अध्यक्ष उपेन्द्रलाई साथ दिँदै कृषिमन्त्री बनेका महेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागिएपछि मनमुटाव बढेको हो ।

सर्लाहीबाट प्रतिनिधित्व गर्ने महेन्द्रलाई लाइनमा ल्याउन पार्टी समायोजनका नाममा आफ्ना पक्षका कार्यकर्तालाई मात्रै च्यापेपछि महेन्द्र अध्यक्ष उपेन्द्र यादवसँग रिसाएका हुन् । उता अध्यक्ष यादवले भने सन्तोषजनक काम नगरेको कृषिमन्त्री महेन्द्रको राजीनामा नै माग गरेका छन् । जनमत पार्टीले गरेको किसान आन्दोलनका कारण आफ्नो आधारक्षेत्र कमजोर बन्ने भएपछि उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका हुन् । पछिल्लो केही समययता जनमत पार्टीले किसानको मुद्दा उठाएर मधेसमा आन्दालन चर्काएको छ ।

मन्त्री छनोट गर्ने बेलामै आफ्नो नाम नपरेपछि पार्टीमा नबस्ने धम्की दिएका महेन्द्रलाई अन्तिम समयमा सांसद प्रमोद साहको ठाउँमा मन्त्री बनाएका उपेन्द्रलाई तिनै महेन्द्र अहिले टाउको दुखाइको विषय बनेका हुन् ।

आफू मन्त्री बन्न प्रदेश २ मा मन्त्री रहेका आफ्ना समर्थक रामनरेश रायको मन्त्री पदसमेत खाने सम्झौता गरेका महेन्द्र अहिले डा. बाबुराम भट्टराईसँग नजिक हुँदै गएपछि उपेन्द्रले उनको राजीनामा मागेका छन् । पछिल्लो समय अध्यक्ष यादवसँग असन्तुष्ट नेताहरू भट्टराईसँग नजिक बन्दै गएपछि उनी पार्टीमै कमजोर बन्दै गएका छन् ।

उता, जसपा शीर्ष नेताहरूबीच पनि असन्तुष्टि बढ्दै गएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष उपेन्द्रको विवाद सतहमै देखिएको छ ।

जसपा स्रोतका अनुसार डा. भट्टराई र यादवबीचको असन्तुष्टिले दुई नेता पछिल्लो समय एउटै मञ्चमा समेत सहभागी हुन छाडेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले बालुवाटारमा पुगेर भेट गरेपछि यादव उनीबाट असन्तुष्ट भएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउने’boutमा यादवले एकलौटी गरेपछि भट्टराई उनीबाट असन्तुष्ट भएका छन् । जसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर दुई नेताबीच असन्तुष्टि बढ्दै गएको हो ।

पाँच दलीय गठबन्धनमा सहभागी हुँदै आएका यादवले बैठकमा हुने छलफल तथा निर्णय ’boutमा डा. भट्टराईलाई जानकारी नदिने र रायसल्लाहसमेत नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धनबीचमा भएको सिट बाँडफाँटमा भट्टराईको असन्तुष्टि छ । तीन सिटको दाबी गर्दै आएका भट्टराईले गठबन्धनको बैठकमा सहभागी भएका यादवले दुई सिटमै सहमति गरेर फर्केका थिए । त्यो दुई सिटमा समेत यादवले एकल निर्णय गरेपछि भट्टराई झनै रुष्ट भएका छन् ।

जसपा कार्यकारिणी समितिका सदस्य नवराज सुवेदीले राष्ट्रिय सभा निर्वाचनका लागि कसरी समझदारी गरियो ? म्यान्डेटभन्दा बाहिर गएर अपारदर्शी ढंगबाट किन काम भयो ? कार्यदलको बैठकमा भएका गतिविधि किन पारदर्शी भएनन् ? भन्ने प्रश्न व्यापक रूपमा उठेको बताउँछन् ।

१९ सिटका लागि भइरहेको निर्वाचनमा एकल निर्णय गरेका यादवले आगामी दिनमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत मनोमानी र एकल निर्णय गर्न सक्ने अनुमान भट्टराईको छ । तर, पार्टीमा बढी स्पेस र जिम्मेवारी दिए आफ्नै राजनीतिक भविष्य खतरामा पर्न सक्ने आशंका यादवको रहेको जसपा स्रोतले जनाएको छ ।

पार्टीका विभिन्न प्रशिक्षणहरूमा प्रमुख प्रशिक्षक रहने डा. भट्टराईलाई यादवले समेत वास्ता गर्न छाडेको आरोप पार्टीभित्र छ । जसपा प्रदेश २ का उपाध्यक्ष सुशील यादवले सार्वजनिक रूपमै पार्टी विधान तथा व्यवस्थाविपरीत चलिरहेको आरोप लगाएका छन् ।

यादवले प्रदेश २ मा पार्टी प्रशिक्षण कार्यक्रममा डा. भट्टराई नबोलाइएको भन्दै संघीयताको सिद्धान्तबाट पार्टी विमुख भएको आरोपसमेत लगाएका छन् । देशमा वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्न मधेसवादको मूलमन्त्रलाई बिर्सेर डा. भट्टराईको नयाँ शक्तिसँग एकीकरण गरेको दुई वर्ष नबित्दै आफ्नो वर्चस्व गुम्ने डरले यादवले डा. भट्टराईलाई सीमित भूमिकामा राख्न खोजेको आरोप छ ।

पटकपटक एकलौटी निर्णयका कारण पुराना सहयोगी गुमाउँदै आएका यादवले डा. भट्टराईलाई बढी जिम्मेवारी तथा प्रोत्साहन दिए नेताहरू उनकै पछि लाग्ने र आपूm अल्पमतमा पर्ने डरका कारण उनलाई जिम्मेवारी दिन नचाहेको नेताहरू बताउँछन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार