श्रावण ४, २०८२ आइतबार July 20, 2025

बाबुराम, उपेन्द्र र महेन्द्ररायबीच बोलचाल बन्द, पार्टी फुटनजिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरुबीच असन्तुष्टि बढ्दै गएको छ । जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी समितिका सदस्य एवं कृषी मन्त्री महेन्द्रराय यादवबीच तीव्र असन्तुष्टि बढेको हो ।

जसपा स्रोतका अनुसार असन्तुष्टि बढेपछि डा. भट्टराई र यादव एउटै मञ्चमा समेत सहभागी हुन छाडेका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले बालुवाटरमा पुगेर भेट गरेपछि यादव उनीबाट असन्तुष्ट भएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा यादवले एकलौटी गरेपछि भट्टराई उनीबाट असन्तुष्ट भएका छन् । जसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर दुई नेताबीचमा असन्तुष्टि बढदै गएको हो ।

पाँच दलीय गठबन्धनमा सहभागी हुँदै आएका यादवले बैठकमा हुने छलफल तथा निर्णय बारेमा डा. भट्टराईलाई जानकारी नदिने र रायसल्लाह समेत नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका बीचमा भएको सिट बाँडफाँडमा पनि भट्टराई असन्तुष्टि छ । तीन सिटको दावी गर्दै आएका भट्टराईले गठबन्धनको बैठकमा सहभागी भएका यादवले दुई सिटमै सहमती गरेर फर्केका थिए । त्यो दुई सिटमा समेत यादवले एकल निर्णय गरेपछि भट्टराई झनै रुष्ट भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि कसरी समझदारी गरियो ? म्यान्डेटभन्दा बाहिर गएर अपारदर्शी ढंगबाट किन काम भयो ? कार्यदलको बैठकमा भएका गतिविधि किन पारदर्शी भएनन् ? भन्ने प्रश्न व्यापक रूपमा उठेको जसपा कार्यकारिणी समितिका सदस्य नवराज सुवेदी बताउछन् ।

१९ सिटका लागि भइरहेको निर्वाचनमा एकल निर्णय गरेका यादवले आगामी हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत यस्तै मनोमानी र एकल निर्णय गर्न सक्ने भट्टराईको अनुमान छ । तर पार्टीमा बढी स्पेश र जिम्मेवारी दिए आफ्ै राजनीतिक भविष्य खतरामा पर्न सक्ने आशंका यादवको रहेको जसपा स्रोतको भनाइ छ ।

पार्टीका विभिन्न प्रशिक्षणहरुमा प्रमुख प्रशिक्षक रहने डा.भट्टराईलाई यादवले समेत वास्ता गर्न छोडेको आरोप पार्टीभित्र छ । जसपा प्रदेश २ का उपाध्यक्ष शुशिल यादवले सार्वजनिक रुपमै पार्टी विधान तथा व्यवस्थाको विपरित चलिरहेको आरोप लगाएका छन् ।

यादवले प्रदेश २ मा पार्टी प्रशिक्षण कार्यक्रममा डा.भट्टराई नबोलाईएको भन्दै संघीयताको सिद्धान्तबाट पार्टी विमुख भएको आरोप समेत लगाएका छन् । देशमा वैकल्पीक राजनीतिक शक्ति स्थापना गर्न मधेशवादको मुल मन्त्रलाई बिर्सेर डा.भट्टराईको नयाँ शक्तिसंग एकीकरण गरेको २ वर्ष नबित्दै आफ्नो वर्चस्व गुम्ने डरले यादवले डा.भट्टराईलाई सिमित भुमिकामा राख्न खोजेको आरोप छ ।

पटक–पटक एकलौटी निर्णका कारण पुराना सहयोगि गुमाउँदै आएका यादवले डा. भट्टराईलाई बढी जिम्मेवारी तथा प्रोत्साहन दिए नेताहरु उनकै पछि लाग्ने र आफू अल्पमतमा पर्ने डरका कारण उनलाई जिम्मेवारी दिन नचाहेको नेताहरु बताउँछन् ।

यता पार्टी विभाजनका बेला मन्त्री पद पाउन महन्थ ठाकुर–राजेन्द्र महतो समुह त्यागेर यादवको साथ दिएर कृषिमन्त्री बनेका महेन्द्रराय यादव र उपेन्द्रबीच समेत मनमुटाव शुरु भएको छ ।

सर्लाहीबाट प्रतिनिधित्व गर्ने मन्त्री यादवलाई लाइनमा ल्याउन पार्टी समायोजनको नाममा आफ्ना पक्षका कार्यकर्ताहरुलाई मात्रै नेतृत्व दिएका उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।

महेन्द्रले संतोषजनक काम नगरेको कारण जनमत पार्टीले किसान आन्दोलन गरेको र सो आन्दोलनले आफ्नो आधार क्षेत्र खुस्किने भएपछि उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजिनामा दिन निर्देशन दिएका हुन् । पछिल्लो केही समय यता जनमत पार्टीले किसानको मुद्धा उठाएर मधेसमा आन्दालन चर्काएको छ ।

मन्त्री छनोट गर्ने बेलामै आफ्नो नाम नपरेपछि पार्टीमा नबस्ने धम्की दिएका महेन्द्रलाई अन्तिम समयमा सांसद प्रमोद साहको ठाउँमा मन्त्री बनाएका उपेन्द्रलाई तिनै महेन्द्र अहिले ठाउँको दुखाईको विषय बनेको छ ।

आफू मन्त्री बन्न प्रदेश २ मा मन्त्री रहेका आफ्ना समर्थक रामनरेश रायको मन्त्री पद समेत खाने सम्झौता गरेका महेन्द्र अहिले डा. भट्टराई नजिक गएकाले समेत उपेन्द्रले उनको राजीनामा मागेका छन् । पछिल्लो समय यादवबाट असन्तुष्ट नेताहरु भट्टराई समूहमा जान थालेपछि यादव पार्टीमै कमजोर बन्दै गएका छन् । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार