श्रावण ४, २०८२ आइतबार July 20, 2025

लोसपामा पनि भाँडभैलो शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कीटनाडी समाजबादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दाबी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् ।

अध्यक्ष ठाकुरका एकलौटी निर्णयका विरुद्ध लोसपाका असन्तुष्ट नेताहरु यही पुस १२ गतेदेखि पार्टी कार्यालयमा धर्ना बसेका थिए। त्यसपछि अध्यक्ष ठाकुरले असन्तुष्ट पक्षसँग आफ्नो निवासमा बोलाएर वार्ता गरेका थिए । वार्तामा अगामी दिनमा सबैको सहमतिमा निर्णय लिने र बैठकहरू बसाउने प्रतिबद्धता अध्यक्ष ठाकुरले गरेका थिए । तर, त्यसपछि पनि उनले विभिन्न नियुक्ति

एकलाटी ढंगबाट गर्न थालेपछि थप संघर्ष गर्नुपर्ने अवस्था आएको लोसपाका नेता सञ्जय सिंहले बताए । उनले भने, ‘हामीले अध्यक्ष ठाकुरसँग छलफल गर्दा उहाँले पार्टीमा भएका मनोनयनहरुको बारेमा पुनर्विचार गरिने र अगामी निर्णयहरु पार्टीको बैठक बसेर तय गरिने भन्नुभएको थियो तर उहाँ पुरानै शैलीमा हिँड्न थाल्नुभएको छ, भटाभट मनोनयनहरु गरिनै रहनुभएको छ, पार्टीका बैठकहरू पनि बसाउनुभएको छैन, त्यही भएर उहाँका विरुद्ध पुनः आन्दोलनका थप कार्यक्रम तय गर्ने तयारी गरिरहेका छौं ।’

जनकपुरमा माघको पहिलो हप्ता बृहत् बैठक राखेर आन्दोलनका बारेमा छलफल गरी अगाडि बढ्ने तयारी भएको समेत उनले बताए । अर्का नेता रमण पाण्डेले पनि पार्टी अध्यक्षमा सुधार नआएको बताए ।

उनले भने, ‘पाटीमा भएका त्रुटिलाई अध्यक्षल सुधार गर्नुहुन्छ जस्तो आफूलाई लागेको थियो तर हालसम्म त्यस्तो केही संकेत पाइएन ।’ आफूले अध्यक्ष ठाकुरलाई भेटेर पनि यी कुरा सम्झाएको तर कुनै प्रतिकृया नदिएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । पाण्डेले अब बैठक बसेर संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए । लोसपामा अध्यक्ष ठाकुर र नेता शरत्सिंह भण्डारी काँग्रेसमा लामो समय राजनीति गरेका व्यक्ति हुन् । उनीहरुका विरुद्ध अर्कै • पृष्ठभूमिबाट आएका राजेन्द्र महतोले गुट चलाउँदै ठाकुरको चेजोबध गर्न खोजेका छन् । महतो विगत डेढ महिनादेखि पार्टीको कुनै पनि कार्यक्रममा भाग नलिएको र बैठकमा समेत नगएको लोसपा स्रोतले बताएको छ । नयाँ विमर्श

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार