श्रावण ४, २०८२ आइतबार July 20, 2025

सीमा नाकामा कडाइः चोर बाटोबाट नुन, तेल किन्न पनि भारततिरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना संक्रमण बढ्दै गएर सरकारले सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्न थालेको छ ।

सीमा नाकाबाट आउँदा कोरोना संक्रमण भए नभएको चेक जाँच हुने र संक्रमण पुष्टि भए वा लक्षण देखिए होल्डिङ सेन्टरमा बस्नुपर्र्ने भएपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै आउने क्रम बढ्न थालेको हो ।

यस्तै, सुरक्षाकर्मीका आँखा छली खेत, कान्ला र आली तथा खोल्सी हुँदै भारतीय बजार पुगी फर्कनेहरूलेसमेत कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको छ ।

सरकारले हाल भारततर्फबाट १३ सीमा नाकालाई खुला राखेको छ । तर ती नाकाबाहेक बन्द रहेका नाकाहरूमा पर्ने खेत आली, जंगल र खोला तर्दै आउजाउ गर्नेहरू बढ्दै गएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले खुला नाका हुँदै आउने नागरिकहरूलाई चेक जाँच गर्ने गरिएकाले केही व्यक्ति बन्द रहेका क्षेत्रमा पर्ने खेत तथा आली हुँदै प्रवेश गर्ने गरेको पाइएको बताए ।

‘तोकिएका नाकाबाट आउनेलाई हामीले स्वास्थ्य जाँच गरेर घर पठाउने गरेका छौं तर चोर बाटोबाट पनि आउजाउ भइरहेका गुनासा बढेका छन् । हामीले निगरानी बढाउन सुरक्षा निकायलाई भनेका छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल घरायसी सामान किनमेलका लागि भारततर्फ जानेआउने क्रम बढेपछि त्यसतर्फ रोक लगाउन भनिएको बताउँछन् ।

‘एक किलो दाल, नुन, तेल किन्न पनि भारततर्फ जानेहरू र अनावश्यक रूपमा आउजाउ गर्नेहरूबाट समस्या भइरहेको छ, त्यस्तो आवतजावतलाई रोक्न भनेका छौं,’ झापाका प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मुख्य नाकाबाहेकबाट पनि आउजाउ हुन सक्ने भएकाले जिल्लाभित्रका साना नाकाहरूमा पनि स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राख्न पालिका प्रमुखलाई आग्रह गरिएको बताउँछन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार