श्रावण ४, २०८२ आइतबार July 20, 2025

मलेसियाले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वैदेशिक रोजगारीमा नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको मलेसियाले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने भएको छ।

वैदेशिक रोजगार बोर्डले मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) सँग सामाजिक सुरक्षाको सुविधामा समेट्ने गरी सम्झौता गरेपछि नेपाली युवाले सुविधा पाउने बाटो खुलेको हो। कोरोना महामारी कायमै रहेको बेला यस्तो सम्झौता गरिएको र मलेसिया रोजगारी सुरु हुन नसकेका कारण कार्यान्वयनबारे कतिपयले आशंका गरेका छन्।

हालसम्म श्रम स्वीकृति लिएको संख्याका आधारमा मलेसिया नेपाली श्रमिकका लागि सबभन्दा ठूलो गन्तव्य हो। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार सम्झौता कार्यान्वयनपछि मलेसियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए परिवारले पारिश्रमिकको ९० प्रतिशतसम्म रकम पाउँछन्। जुन रकम मृतकका निकटतम आफन्तले आजीवन प्राप्त गर्ने उनले बताए।

मलेसिया रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारले अनुमति दिएपछि पेन्सनको सुनिश्चितता भएको बोर्डले जनाएको छ। सम्झौता अनुसार श्रम स्वीकृति लिएर मलेसियामा रोजगारी गरिरहेका नेपालीले त्यहाँका श्रमिकसरह सामाजिक सुरक्षा पाउने छन्।

यो सम्झौताका लागि मलेसियाले दुई वर्षअघि नै नेपाललाई प्रस्ताव पठाएको थियो। तर नेपालमा यसको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल हुँदा ढिलाइ हुन पुगेको अधिकारीहरू बताउँछन्।

नेपाल सरकारले त्यस्तो प्रस्तावलाई स्वीकार गरेपछि बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले उक्त कार्यक्रममा नेपाली श्रमिक सहभागी हुनेबारेको सम्झौतामा हस्ताक्षर गरेको बताए। सन् २०२० पछि सबै विदेशी कामदारलाई सोक्सोमा अनिवार्य आवद्ध गराउने मलेसियन सरकारले निर्णय गरिसकेको बताइएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार