श्रावण ४, २०८२ आइतबार July 20, 2025

उफ ! महँगी, ‘घरको चुलो कसरी बाल्ने ?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ ।

फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले ।’

‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको एक दिन छोरा छोरीलाई कुखुराको मासुसमेत खुवाउन छाडिसकेको छु ।’

काभ्रे घर भई हाल काठमाडौंको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरुङको पिडा पनि फूलमायाको भन्दा फरक छैन । बढ्दो महँगीले उनको पनि रातको निद्रा उडाएको छ । सीता गुरुङ पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १२/१५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ७ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् । तर, दुई बच्चाको स्याहार सम्भार उनी आफैंले गर्नुपर्छ ।

उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै गुरुङ भन्छिन्, ‘महँगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेनछ । फरक पर्ने भनेको हामीजस्ता गरिबलाई मात्र हो ।’

सीता गुरुङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ ।

वस्तुको नाम प्रतिकेजी मूल्य

खान पकाउने प्रतिसिलिन्डर ग्याँस– १५७५ रुपैयाँ
सूर्यमुखी तेल– २५० देखि २५५ रुपैयाँ
धारा तोरीको तेल– ३७० रुपैयाँ
भटमासको तेल– २४० रुपैयाँ
मासको दाल– १७० रुपैयाँ
नेपाली मासको दाल– २१० रुपैयाँ
सहरको दाल– १७० रुपैयाँ
मुसुराको दाल– १६० रुपैयाँ
रातो चना– ११० रुपैयाँ
केराउ– ११० रुपैयाँ
जिराम सिना चामल– ७५ रुपैैँया
इस्टिम चामल– ७५ रुपैयाँ
चिनी– १०० रुपैयाँ
हरियो मटरा– १४० रुपैयाँ
मैदा– ५५ रुपैयाँ
आटा– ५० रुपैयाँ

स्रोतः खुद्रा व्यवसायी संघ नेपाल । -राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार