श्रावण ४, २०८२ आइतबार July 20, 2025

सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस (कोभिड – १९) को चौतर्फी सङ्क्रमण बढेसँगे सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिंदै आएका छन् ।

चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये

६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र सङ्क्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिनुभयो ।

नेपाली सेनामा कार्यरतमध्ये ४१० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सङ्क्रमितलाई आइसोलेसनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सङ्क्रमितमध्ये आठ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आईसीयू) मा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । सेनाले मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको जनाएको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मन्दीर श्रेष्ठले सङ्क्रमितलाई विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले सङ्क्रमितमध्ये अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिनुभयो ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभागले सङ्क्रमितहरूलाई चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ। गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार