श्रावण ४, २०८२ आइतबार July 20, 2025

बीस देशमा राजदूत खाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ ।

विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने बताउनुहुन्छ । यसरी राजदूत पद खाली रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्नसक्ने उहाँको भनाइ छ ।

तीन देशका राजदूतको संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको छ तर संयुक्त अधिराज्य बेलायतबाट मात्रै अहिलेसम्म स्वीकृति (एग्रिमो) प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझैसम्म स्वीकृति प्राप्त नहुँदा राजदूत नियुक्तिमा ढिलाइ भइरहेको छ ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न विभिन्न मुलुकमा ३० वटा दूतावास स्थापना गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्क, जेनेभा र भियनामा गरी तीनवटा स्थायी नियोग कायम गरिएको छ । ल्हासा, कलकत्ता, हङकङ, जेद्दा, न्युयोर्क, ग्वान्जाओ र छेन्दुमा गरी विभिन्न सातवटा महावाणिज्य दूतावास रहने परराष्ट्र मन्त्रालयको साङ्गठनिक संरचना छ ।

तर हाल १० वटा मुलुकमा मात्र राजदूत रहँदा अन्तर्राष्ट्रिय गतिविधि निष्क्रिय भएको गुनासो बढेको छ । केहीको हकमा एउटै दूतावासले चार–पाँचवटासम्म मुलुकसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध हेर्दै आएका छन् । गत कात्तिकमा राजदूत सिफारिस हुनुभएका तीन जनालाई पनि हालसम्म नियुक्त गरिएको छैन । त्यस समयमा अघिल्लो सरकारका पालामा पठाइएका राजदूत फिर्ता बोलाएर भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको थियो । संसदीय समितिबाट उहाँहरूको सार्वजनिक सुनुवाइ सकिए पनि नियुक्ति भएको छैन । उहाँहरूको पदभार हस्तान्तरण हुने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत फिर्ता बोलाइएका मुख्य देशहरूमध्येकै रहेको उत्तरी छिमेकी मुलुक चीनका लागि भने त्यो बेलामा राजदूत सिफारिस भएको छैन । अझ नेपाली कामदारको बढी आवतजावत हुने मुलुकहरू दक्षिण कोरिया, श्रीलङ्कालगायतका राजदूत नहुँदा कार्यसम्पादनमा असर पर्ने गरेको विभिन्न मुलुकमा रहनुभएका नेपाली नागरिकले बताउनुभएको छ । खाली रहेका २० मुलुकमै राजदूत पठाउने गरी परराष्ट्र मन्त्रालयले अहिले पहल गरिरहेको प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मन्त्रालयबाट पठाइने राजदूतका दाबेदारको नामको सूची तयार छ । तर, राजनीतिक आधारमा नियुक्त गरिने राजदूतको नाम मन्त्रालयमा आउन नसक्दा प्रक्रिया अड्किएको छ । उहाँले भन्नुभयो, “हाम्रातर्फबाट पठाउने विषयमा कुनै ढिलाइ भएको छैन, राजनीतिक दलहरूले पठाउने नाम भने अहिलेसम्म आएको छैन ।” उहाँले राजनीतिक दलहरूले नाम पठाएपछि बाँकी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार