श्रावण ४, २०८२ आइतबार July 20, 2025

ठाकुर-महतो बोलचाल बन्दकाे अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ ।

अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।

‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो ।

अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार