श्रावण ४, २०८२ आइतबार July 20, 2025

थप फाइजर खोप ल्याउने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना छ भन्दै उहाँले अहिले बच्चालाई लगाउने खोपका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको र उनीहरूले खोप ल्याउने सुनिश्चितता गर्ने बित्तिकै खोप ल्याइने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पनि दुई–तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको बताउनुभयो ।

नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि खरिद गर्न लागिएको ६० लाख फाइजर खोप अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने गरी ल्याउन लागिएको हो । उमेर १८ वर्षसम्मका बालबालिकालाई लगाउने भनिएको फाइजर खोपको सट्टा मोडर्ना खोप आएकाले त्यसरी प्रतिस्थापन गर्न लागिएको हो ।

डा. चौरसियाका अनुसार पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पुग्ने गरी ८४ लाख मात्रा फाइजर खोप खरिदका लागि नेपालले प्रस्ताव पठाइसकेको छ । नेपालले प्रस्ताव गरेको उक्त खोप प्राप्त भएपछि ती उमेर समूहका ४२ लाख बालबालिकालाई पुग्ने गरी खोप खरिद गर्न लागिएको हो । नयाँ उत्पादन भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष पुगेका बालबालिकालाई लगाउन मिल्छ ।

हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन् । अमेरिकाले भने गत कात्तिकमै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार