काठमाडौं: नेकपा माओवादी केन्द्रले आगामी माघ २७ गतेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ ।
पुस ११ गतेदेखि एक हप्ता बढी समय लगाएर गरिएको महाधिवेशनले पदाधिकारी टुंगो लगाउन नसकेपछि २७ गते बस्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने तयारी गरेको हो । यो बैठकले पदाधिकारीमा दाबी गर्ने नेताहरू सबैको व्यवस्थापन गर्ने बताइएको छ ।
खासगरी महासचिवको विषयमा रस्साकस्सी चलिरहेको बेला २७ गतेको बैठकले सबै नेताहरूको पद ढुंगो लगाउने एक माओवादी नेताले बताए। उनका अनुसार उपचारपछि नेपाल फर्केका वर्षमान पुन अनन्तको पनि २७ गतेको बैठकमा उपस्थिति हुनेछ । महासचिवकोसमेत दावेदार रहेका पुनलाई। महाधिवेशनबाटै केन्द्रीय सदस्य चयन गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले पहिलो बैठकबाटै पदाधिकारी चयन हुने बताए पनि पुन नेपाल नआएकै कारण विभिन्न कारण देखएका रोकिएको थियो ।
पुन नेपाल आएपछि उनले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्षको दावेदार रहेका नारायणकाजी श्रेष्ठ, महासचिवकै दावेदार रहेका जनार्दन शर्मा, पम्फा भूषाल, शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन्। ‘उहाँले एक पटक सबै नेताहसँग भेटघाट गरिसक्नु भएको छ भेटमा सन्चो बिसन्चोको विषयमा कुराकानी हुने नै भयो तर राजनीतिक व्यक्ति भएको र भर्खरै महाधिवेशन सकिएकाले आउदो केन्द्रीय कमिटीको बैठकको विषयमा पनि कुराकानी हुनु स्वाभाविक हो’, पुन निकट रहेका एक नेताले भने । पार्टीभित्र महासचिव को बन्ने भन्ने लफड़ा परिरहेका बेला चीनबाट फर्केका पूर्व
सचिव पुनले पार्टी महासचिवमा विमानस्थलबाट दाबी गरेका थिए । उपचारपछि स्वदेश फर्केका पूर्व सचिव पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओल लगत्तै सञ्चारकर्मीमाझ पार्टी महासचिवको बाबी प्रस्तुत गरेपछि सबैमा एक प्रकारको तरंग उत्पन्न भएको थियो । त्यसको भोलिपल्ट नै पुनले सकेसम्म धेरै नेताहरूसँग भेटघाट गरेका थिए । शुरूमा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर आफू महासचिवको दावेदार रहेको जानकारी गराएका थिए । ‘अध्यक्ष प्रचण्डले जे चाहनु भएको थियो उहाँले त्यसमै दाबी प्रस्तुत गर्नुभयो, अध्यक्ष प्रचण्ड पनि पुनलाई महासचिव बनाउन चाहनुहुन्छ’, प्रचण्ड निकट रहेका एक नेताले भने ।
उनका अनुसार पार्टीभित्र ठूलै विवाद भए मात्रै नत्र पुन नै महासचिव हुन् । ‘पम्फा भुषाल बाहेक सबैले मान्ने अवस्था छ ।पम्फा भुषाललाई पनि मनाउन उपाध्यक्ष बनाउने कुरा छ । सरकारमा पनि भएकाले भुषालले नमान्ने अवस्था छैन । फेरि उहाँ बाबुराम भट्टराई, रामबहादुर थापा बादल हुँदै पार्टीमै रहेर काम गर्नु भएको हो ।
उहाँ पार्टी संस्थापन पक्षको किचन क्याबिनेट भित्र पर्नुहुन्न’, प्रचण्ड निकट ती नेताको भनाइ छ । उनका अनुसार किचन क्याबिनेट भनेको जनार्दन शर्मा, शक्ति बस्नेत पनि हो । तर उहाँहरूको विषयमा प्रचण्ड त्यतिधेरै आश्वस्थ हुन नसकेपछि पुनलाई रोज्ने संभावना रहेको हो र पुनले विगतमा आफू पार्टीको सचिव रहेका कारण पनि स्वभाविक रूपमा महासचिवको दाबी रहेको बताउँदै आएका छन् ।
हाल अर्थमन्त्री रहेका शर्माले यसअघि नै महासचिवमा दाबी गर्दै आएका छन् । शर्मालाई टक्कर दिने गरी पुनले विमानस्थलबाटै आफू महासचिवको दावेदार रहेको बताएका थिए ।
पार्टी अध्यक्ष प्रचण्ड र वर्षमान पुनको निकट विगत सम्बन्ध पार्टीभित्र राम्रो रहेको छ । त्यसको संकेत प्रचण्डका निकट रहेका कृष्णबहादुर महराले पनि गरिसकेका छन् । शर्माले अर्थमन्त्री बन्ने बित्तिकै पार्टीको नेतृत्व सधै एकै ठाउँमा रहँदैन भन्ने अभिव्यक्ति दिएपछि पनि प्रचण्ड बिच्किएका थिए ।
आफू महासचिव नहुने संकेत पाएपछि अर्थमन्त्री शर्माले भने प्रचण्डको धारणा भन्दा फरक हुनेगरी आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । तर अनन्त नै प्रचण्डका छायाँ हुन् भनी माओवादीभित्र चर्चा चलिरहन्छ । जनभावना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया