श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए । स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा आयोगले अर्को मिति प्रस्ताव गर्न लागेको हो भन्ने जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “आयोग तयारी गर्दैछ, प्रधानमन्त्रीसँगको छलफलपछि थप प्रस्ट हुनेछ ।” आयोगले प्रधानमन्त्रीसँग छलफलका लागि समय माग्दै आएको छ । आजको गोरखापत्र दैनिक ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार