श्रावण ४, २०८२ आइतबार July 20, 2025

कर्णालीमा पनि टेलिकमको आईपीटिभी सेवा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले कर्णाली प्रदेशमा आफ्नो आईपीटिभी सेवा एनटीटिभी सुरु गरेको छ । कम्पनीले आइतबारदेखि कर्णाली प्रदेशमा रहेका आफ्ना ग्राहकलाई एफटीटीएच प्रविधिमार्फत यस्तो सेवा दिन थालेको हो ।

नेपाल टेलिकमले एउटै अप्टिकल फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन हेर्न सकिने सुविधा दिँदै आएको छ । कम्पनीले २०७७ पुस १७ गते सुरु गरेको यो सेवा हालसम्म ४२ जिल्लामा विस्तार गरिसकेको छ ।

फाइबर टु दि होम प्रविधिमार्फत टेलिकमको फोन अथवा इन्टरनेट सेवा लिइरहेका ग्राहकले एनटीटिभी सेवा प्रयोग गर्न सक्नेछन् । कर्णालीमा पहिलो पटक वीरेन्द्रनगर सुर्खेतबाट कम्पनीले यो सेवा दिन थालेको हो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार