श्रावण ४, २०८२ आइतबार July 20, 2025

१५० वाट फास्ट चार्जर भएको पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वनप्लस, १७ मिनेटमै फुल चार्ज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी साता वनप्लसले दुई नयाँ मोबाइल सार्वजनिक गर्ने कार्यतालिका छ । जसमा १५० वाट फास्ट चार्जिङ भएको पहिलो फोन समेत समावेश छ ।

नयाँ फोनको रुपमा नोर्ड सीई टु लाइटसँगै वनप्लस टेन आर स्मार्टफोन सार्वजनिक हुनेछन् । वन प्लस नाइन आरटी सार्वजनिक भएको तीन महिना पछि नै वनप्लसले टेन आरटी ल्याउन लागेको हो ।

जसमा १५० वाट सुपर भोक फास्ट चार्जिङ सहित केही अपग्रेडहरू देख्न सकिनेछ । त्यसो त गएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा ओप्पोले १५० वाट चार्जिङ स्ट्यान्डर्ड बाहिर ल्याएको थियो ।

त्यसपछि अहिले सोही चार्जर अहिले वनप्लस टेन आरटीमा ल्याउन लागिएको हो । यो फोन मिडियाटेक डाइमेन्सटी ८१०० प्लेटफर्म, कोर्टेक्स ए७८ र ए५५ कोरबाट सञ्चालित हुनेछ ।

अवश्य पनि फोनको ब्याट्री चर्चाको मुख्य विषय रहेको छ । जुन १७ मिनेटमै फुल चार्ज हुनेछ । निर्माता कम्पनीले ब्याट्रीको आकार नखुलाएको भए पनि ५००० एमएएचको हुने बताइएको छ ।

तर रोचक कुरा के छ वनप्लस टेन आरका सबै मोडेलका स्मार्टफोनमा भने १५० वाटको चार्जिङ प्रविधि उपलब्ध हुने छैन । जुन हाई इन्ड मोडलहरूमा सीमित हुने र आधारभूत मोडेलहरूमा ८० वाट चार्जर पाउन सकिनेछ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार