श्रावण ३, २०८२ शनिबार July 19, 2025

गुल्मी-२ मा एमालेको ‘क्लिन स्विप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यसहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का गोकर्णराज विष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

यस क्षेत्रबाट एमालेका विष्ट २ हजार ३५ मतको अग्रतासहित २८ हजार ४ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरिन् ।

त्यस्तै, प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डिल्लीराज भुसाल १ हजार ४९ को अग्रतासहित १४ हजार २ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

साथै प्रदेशसभा सदस्य (ख) मा पनि एमालेकै उम्मेदवार दिनेश पन्थी १ सय १० मतको अग्रतासहित १३ हजार ९ सय २९ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनकोे तर्फबाट नेकपा (माओवादी केन्द्र)का बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

यस क्षेत्रमा कूल १ लाख ४ हजार ३ सय २७ मतदाता थिए । जसमध्ये खसेको मत ५८ हजार सात सय ५९ हो । सोमध्ये ५६ हजार ५ सय ९३ मत सदर भएको थियो । यस क्षेत्रमा मुसिकोट र रेसुङ्गा नगरपालिका सहित मालिका, मदान, धुर्कोट , इस्मा गाउँपालिकाका वडा पर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार