श्रावण ३, २०८२ शनिबार July 19, 2025

चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् ।  ३४ हजार ३६२ मतसहित पाण्डे निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीलाई पराजित गरे ।

निकटताम प्रतिस्पर्धी डा. अधिकारीले २४ हजार ६७१ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले १४ हजार ७७९ तथा एमालेले समर्थन जनाएका कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत प्राप्त गरे ।

पाण्डे ०७४ मा यही क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । यसपटक सुरुमा यही क्षेत्रबाट उम्मेदवारी दिने चर्चा रहे पनि प्रचण्डले पछि गोरखाबाट उम्मेदवारी दिए ।

कांग्रेसले गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादीका उम्मेदवार डा. अधिकारीलाई अघि बढाएपछि कांग्रेस नेता कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाटै एमालेको उम्मेदवारी फिर्ता गराई कोइरालालाई समर्थन जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार