श्रावण ३, २०८२ शनिबार July 19, 2025

काभ्रे -१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार नौ सय ६४ मतले पछि पार्दै दोङ विजयी भएका हुन्।

दोङले ३४ हजार चार सय १२ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त  गरेका छन् । दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित भएका थिए ।

काभ्रेका कुल मतदाता तीन लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नम्बर १ मा १ लाख ५२ हजार ६ सय २१ मतदातामा रहेकोमा ५९ हजार १ सय ४९ मत खसेको थियो। दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको काभ्रे जिल्लामा सबै क्षेत्रको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ ।प्रतिनिधि सभा २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बस्कोटा विजयी भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार