श्रावण ३, २०८२ शनिबार July 19, 2025

रामेछापबाट कांग्रेसका पूर्णवहादुर तामाङ भारी मतले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेस रामेछापका प्रतिनिधीसभा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) भारी मतका साथ निर्वाचित भएका छन् । उनले निकतम प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतको फराकिलो मत अन्तर पारेर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् ।

आइतवार बिहान सम्पन्न भएको मतगणना अनुसार काँग्रेसका उम्मेदवार तामाङले ४७ हजार ९९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत प्राप्त गरेका छन् ।

यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत हुन । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फको सूचीमा पनि उनको नाम परेको थियो । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार वनेका तामाङ बामगठवन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए ।

यसैगरी यसपटकको प्रतिनिधिसभा सदस्यमा पराजित वनेका एमालेका नेता ढुंगेल २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । बामगठवन्धनवाट निर्वाचित भएका उनी करिव साढे तीनवर्ष बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।

उनी २०५६ सालको प्रतिनिधिसभा, २०६४ र २०७० को संविधानसभामा नेकपा एमालेको तर्फवाट उम्मेदवार भई पराजित हुन पुगेका थिए । उनी यसपटकको निर्वाचनमा पनि सोही क्षेत्रवाट संघीय संसद पदमा पराजित हुन पुगेका छन् ।

यसैगरी रामेछापबाट बागमती प्रदेश सभा सदस्य पदमा दुवै निर्वाचन क्षेत्रवाट लोकतान्त्रीक गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका प्रदेशसभा क मा तारानारायण श्रेष्ठ र प्रदेश सभा ख मा युवराज चौलागाई विजयी भएका छन् । प्रदेश (क )मा श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर ।

त्यस्तै प्रदेश (ख) तर्फ लोकतान्त्रीक गठवन्धनका उम्मेदवार युवराज चौलागाईले २२ हजार ९ सय ७९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मिलन कुमार घिसिङ्गले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार