श्रावण ३, २०८२ शनिबार July 19, 2025

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हालै सम्पन्न प्रदेशसभा निर्वाचनवाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिनिधित्व गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् ।

मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेकाे थियाे । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बाग्मती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । साे पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फकाे मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार