काठमाडौंः समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख ६८ हजार ६२० मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ३६ हजार ६२० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र पुनः तेश्रो नम्बरमा उक्लिएको छ । उसले १० लाख ९१ हजार ९२६ मत पाएको छ । चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ३८ मत पाएको छ ।
प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा मधेस प्रदेश बाहेक सवै प्रदेशमा नेकपा एमालेको अग्रता कायमै छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाली काँग्रेस
नेकपा (माओवादी केन्द्र)
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
जनता समाजवादी पार्टी, नेपाल
जनमत पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
नागरिक उन्मुक्ति पार्टी
प्रतिक्रिया