श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरियो : अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए ।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्न समेत गरे । ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले भने, ‘नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टिभीमा तपाईहरुले हेर्नु भयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले अभि मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गथ्र्यौं हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शुत्र देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन ? गरिव, गुरुवा बसेका छन । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन । पुलिस समयमा आइदिएन । पुलिस समयमा आएको भए ठीक लाइन्थ्यो, सोझ्याइन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठीक लगाएर कुन बहादुर पाइन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरीब जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो ।’

उनले थपे, ‘बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पु¥याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु प¥यो । सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुप¥यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काइदिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन है । शब्द फरक भएपनि । भाव त्यही छ । अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुःख, सयलम बसेको मान्छेले गरीबका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ । त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन । अलि गरबि भए ।’

ओलीले फेरि भने, ‘त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन । समस्याको समाधान गर्नु पर्छ । सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भइसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०÷२० वटा । ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकिर समेत गरे । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताए ।

उनले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिए । उनले भने, ‘असक्त र केटाकेटीलाई पराजित गर्न त गएको होला सरकार । यो बेठीक भइराखेको छ । उन्माद सरकारको लोकतान्त्रिक आचरण, संस्कार छैन । त्यो आफ्नो ठाउँमा छ । यो निर्वाचन नै निर्वाचन जस्तो भएन । निर्वाचन निर्वाचन जस्तो नै भएन । निर्वाचन भनेको निर्भय वातावरणमा, शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ । त्यो अभिमत प्रकट गर्न जनताले पाएन । बुथ कब्जा गरियो । मान्छे मारिए । गोली फायरिङ भयो । प्रहरीलाई गोली हान्न लगाइएको छ । हवाई फायरिङ गर्न लगाइएको छ ।’

उनले थप भने, ‘आतंकको वातावरण सृजना गर्ने र बुथ कब्जा गर्ने त्यत्ति हो । राज्यको काम शान्ति सुरक्षा कायम गर्ने हो, शान्ति खल्बल्याउने होइन । राज्यको काम जनताको जीउधनको सुरक्षा गर्ने हो । उसको अधिकारको सुरक्षा गर्ने हो । तर, राज्य एउटा लुटेराको रुपमा प्रस्तुत भएको छ । लोकतन्त्रमा यस्तो हुनु हुन्न । एउटा विद्यार्थीलाई कुटेर मार्दा पनि प्रशासन सुरक्षा दिन सक्दैन । अहिले बाजुरामा विरोध प्रर्दशन गरेवापत मार्ने अपराधीहरुलाई कमसेक गिरफ्तारी त गर कारबाही चलाउन भनेर विरोध प्रर्दशन गर्नेहरु २२ जनालाई गिरफदार गरिएको छ । अरुलाई खोज्दै छ । सिडिओले काम गर्न नसक्ने भनेपछि यसो गरेको भनेर सरकारको स्पष्टीकरण छ । यो दुःखद् लोकतन्त्रको नाममा गरिएको तमासा यो गठबन्धन सरकारले गरिराखेको छ ।’

उनले फेरि भने, ‘एमाले प्रमुख पार्टीमा त सजिलोसँग आउन सक्थ्यो । तपाईको खल्तीमा मेरोभन्दा बढि पैसा हुन सक्दछ । तर मैले लुटे भनेत तपाईको भन्दा मेरो बढि भईहाल्छ । अव अहिलेको गठबन्धनले त लुटेको छ । लुटे पछि त । पैसा बाँडे नकि । प्रहरी, प्रशासन राज्य संयन्त्रको दूरुपयोग गरे नकि । निर्वाचन आयोगका कर्मचारी नै पोलिटिकल्ली खटाउने काम गरियो । यो सबैलाई थाहा छ । सबैले सुनेको छ । पत्रपत्रिकाले पनि अलिअलि लेखेका छन । बोल्ने काम भएको छ । विरोध गर्ने काम भएको छ । अन्तिम निर्वाचनमा पनि सरकारले कर्मचारी फेरेको फेरेकै छ । आफ्ना भनेर पठाएको पठाएकै छ । सरकारका लागि सबै कर्मचारी आफ्ना हुन् । म सेना, कर्मचारी, प्रहरी राष्ट्र सेवकहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यस्तो तथानामका बाबजुद राष्ट्र सेवकहरु तटस्थ रहन इच्छा गरे । र, त्यो दृढता देखाए । तटस्थ रहेर निर्वाचन गराए धेरै ठाउँमा । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार