काठमाण्डौंः धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया