श्रावण ४, २०८२ आइतबार July 20, 2025

उदयपुर -१ बाट काँग्रेसका डा. नारायण खड्का विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा. खड्का विजयी हुनुभएको छ ।

चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका डा. खड्काले ३१ हजार २७० मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिद्वन्द्वी एमालेका चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नु भएको छ ।

गत २०७४ सालको निर्वाचनमा पनि सो क्षेत्रमा उहाँहरुबीच नै प्रतिस्पर्धा भएको थियो ।

सो प्रतिस्पर्धामा कांग्रेसका डा. खड्का ३३ हजार १४२ मत ल्याएर विजय बन्नुभएको थियो भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको थियो ।

यस पटकको निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदबार प्रतिस्पर्धामा थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया