श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् । अर्यालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३०  मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

अर्यालले  १५ हजार १ सय ६१ मत ल्याए भने रेग्मीले १२ हजार  ४ सय ३१  मत ल्याए । पराजित रेग्मी गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत हुन् ।

रेग्मी २०७४ सालमा यही क्षेत्रबाट ३ हजारभन्दा धेरै मतान्तरले निर्वाचित भएका थिए । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै मतान्तरबाट पराजित हुन पुगेका छन् । रेग्मी एमालेको सङ्गठन मजबुत रहेको आफ्नै वडामा समेत पछाडि परेका थिए ।

विवादका कारण मतदान भएको १० दिनपछि यो क्षेत्रका मतगणना भएको हो । निर्वाचन अधिकृतको कार्यालयले बिजयी भएको घोषणा गर्न भने बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया