काठमाडौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् । सत्ता समीकरणको बहस चलिरहेका बेला पुनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चीन–नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।
चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।
चीनमा पुनले आफ्नो स्वास्थ्यको परीक्षण पनि गर्नेछन् । स्वास्थ्य परीक्षण सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा हुनेछ । यसअघि पनि उनी सोही अस्पतालमा उपचार गरी फर्किएका थिए । अहिले उनमा पुरानै रोग जन्डिस पनि देखिएको छ । ०७८ मंसिरमा उनले थर्ड पिपुल्स अस्पतालमा एक महिना स्वास्थ्य उपचार गराएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया