श्रावण ४, २०८२ आइतबार July 20, 2025

समानुपातिकमा एमालेले २७ लाख ८८ हजार ल्याँउदा नेकपा एसको २ लाख ९४ हजार मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ ।

यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ । प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको तीन प्रतिशत मत ल्याउनैपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया