श्रावण ४, २०८२ आइतबार July 20, 2025

राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन : वेदुराम भुसाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुङलाई पार्टीमा प्रवेश गराएका छन् । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा भुसालले गुरुङलाई स्वागत गरेका हुन् ।

सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् ।

स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु ।

उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।

महासचिव भुसालले गुरुङलाई पार्टीमा प्रवेश गर्दै मानिसलाई विगतलाई मात्रै हेरेर मुल्यांकन गर्नु नहुने बताएका छन् । उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नु पर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया