श्रावण ४, २०८२ आइतबार July 20, 2025

सांसद छान्न एमालेले बोलायो बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ । समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ । बाँकी पुरुष पर्नसक्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार