श्रावण ४, २०८२ आइतबार July 20, 2025

विप्लव भन्छन्- संघीयता अब देशले धान्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए । उनले ४ मंसिरको निर्वाचनको औचित्य पुष्टि नभएको पनि टिप्पणी गरे । ‘४ मंसिरको निर्वाचनले जनतामा खुसी दिएन’, उनले भने, ‘अब अहिलेको अभ्यासको संघीयता र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको छ ।’

महासचिव विप्लवले आफूहरूसँग तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको तीनबुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन् । विप्लवसहितका साना कम्युनिष्ट पार्टीले ४ मंसिरको निर्वाचन बहिष्कार गरेका थिए । उनीहरूले यो संसदीय व्यवस्थाको निर्वाचनले देशलाई झन् लुट्ने भन्दै निर्वाचनमा भाग लिएका थिएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार