श्रावण ४, २०८२ आइतबार July 20, 2025

खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चुयन गरेको हो ।

बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोस्राेपल्ट समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा समानुपातिक सांसद बनेकी थिइन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लड्दा एमालेका विशाल भट्टराईसँग पराजित भएकी बजिमय यसपल्ट पुन: समानुपातिक प्रणालीमार्फत संसद छिर्ने अवशर पाएकी हुन् ।

ओखलढुंगामा जन्मिएकी बजिमयले २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसदको टुंगाे लगाएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार