श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आमनिर्वाचन २०७९ काे अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् ।

समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ ।

एमालेले पाएको ३४ सिटमध्ये १२ सिटमा पुरुष उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई परेका छन् । खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम  सिफारिस भएको छ ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा सांसद सिफारिस भएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतराज लालवंशी समानुपातिक सांसद सिफारिस भएका छन् । यस्तै मुस्लिमतर्फ सराज अहमद फारखी सिफारिस भएका हुन् ।

समानुपातिकमा ३२ सिट पाएको नेपाली कांग्रेसबाट तीनजना मात्र पुरुष सांसदमा सिफारिस भएका छन् । कांग्रेसबाट खसआर्यतर्फ प्रकाशशरण महत, मधेसीतर्फ विमलेन्द्र निधि र दलिततर्फ जीवन परियार सांसद सिफारिस भएका छन् ।

माओवादी केन्द्रले पाएको १४ सिटमध्ये दुईवटामा मात्र पुरुष सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यतर्फ हितराज पाण्डे र दलिततर्फ रणेन्द्र बराली रहेका छन् । राष्टिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाएको १३ सिटमध्ये सातजना पुरुष उम्मेदवार सिफारिस भएका छन् ।

दलिततर्फ सन्तोष परियार र  शिव नेपाली सिफारिसमा परेका छन् । यस्तै थारुतर्फ अशोककुमार चौधरी, मुस्लिमतर्फ असिम शाहलाई सिफारिस गरेको छ । मधेसतर्फ मनिष झा सिफारिस हुँदा आदिवासी जनजातितर्फ ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । खसआर्यतर्फ डोलप्रसाद अर्याल सांसद सिफारिस भएका छन् ।

समानुपातिकमा सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईजना पुरुषलाई सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यबाट पशुपतिशम्शेर राणा र आदिवासी जनजातितर्फ बुद्धिमान तामाङ सिफारिस भएका हुन् ।

समानुपातिकमा पाँच सिट पाएको जनमत पार्टीले पुरुषतर्फ दुईजनालाई सिफारिस गरेको छ । जसमा मधेसीतर्फ वसन्तकुमार कुशवाहा र मुस्लिमतर्फ अब्दुल खानलाई सांसद सिफारिस गरेको छ । जनता समाजवादी पार्टी जसपाले प्राप्त गरेको समानुपातिकतर्फको पाँच सिटमा पुरुषतर्फ खसआर्यमा प्रकाश अधिकारी र मुस्लिमतर्फ सहनाज रहमान गरी दुईजना सिफारिसमा परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार